पोखरामा कोरोनाबाट एक पुरुषको मृत्यु



पोखरा / २५ साउन
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा राति ११ः३५ मा उनको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए ।

यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्