७३ जिल्लाको मतगणना सकियो, यस्तो छ पछिल्लो परिणाम



सैघाली खबर,
काठमाडौं २९ मंसिर। । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार, हालसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ ।पछिल्लो परिणाम अनुसार, नेकपा एमालेले २९ लाख ९७ हजार १३० मत, नेपाली कांग्रेसले २९ लाख ९ हजार २९३, नेकपा माओवादी केन्द्रले १२ लाख २ हजार ३२ मत पाएका छन् ।

त्यस्तै संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ हजार ५२८, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ८३ हजार ७०६, विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार १९४, नेपाल मजदुर किसान पार्टीले ५२ हजार मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्