सैघाली खबर,
काठमाडौं २९ मंसिर। नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको पार्टी एकताको विषयलाई सकेसम्म छिटो टुग्याउने गरी भटवार्ता सकिएको छ ।
निर्वाचनपछि प्रचण्ड र ओलीबीच आज पहिलो पटक भएको सो भेटमा दई नेताहरुबीच पार्टी एकताको विषयलाई सकेसम्म छिटो टुग्याउने र सरकार गठनका विषयमा छलफल भएको हो । दुई नेताहरुबीच चुनावी नतिजा, पछिल्लो राजनीति र राष्ट्रिय सभा गठनका विषयमा छलफल भएको बताइएको छ ।
चुनावी नतिजापछि सत्ता हस्तान्तरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न बखेडा झिक्दै सत्ता लम्ब्याउन खाजेपछि यस विषयमा पनि उनीहरुबीच छलफल भएको बताइएको छ ।
त्यस्तै राष्ट्रियसभा गठन र सत्ता हस्तान्तरणका विषयमा कानुनविदसँग छलफल गरेर अगाडि जाने सहमति भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।