२४ घण्टामा ६३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३,९४८ पुग्यो



काठमाडौँ / २७ साउन।
पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमित ७ हजार दुई सय एक रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७१जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ६६४ पुगेको छ। यो कुल संक्रमित मध्ये ६९ प्रतिशत हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्