राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने



ओमप्रकाश गुप्ता , सिसहनियाँ २७ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने भएको छ । राप्ती गाउँपालिकामा रहेको ग्लोवल युथ क्लवको अायोजना एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको सहयोगमा साउन २८ गते बुधबार विश्व अभियानका लागि युवा सहभागीता : रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता भन्ने मुल नाराका साथ अन्र्तराष्ट्रिय युवा दिवस सिसहनियाँमा मनाउन लागिएको क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

दिवसका अवसरमा क्लवले कोरोना महामारी रोकथामका लागि युवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाउन लागेको बताएको छ । बुधबार दिउँसो १ बजे राप्ती गाउँपालिका ५ नम्बर वडा कार्यालयको सभाहलमा सुरु हुने कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, युवा क्लव, संघसंस्था, पत्रकार, नागरिक समाज, युवाको क्षेत्रमा काम गर्ने तथा सरोकार राख्ने सवैलाई सहभागी भईदिन क्लवका अध्यक्ष रमेश कंडेलले सवैमा अनुरोध समेत गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्