वाम गठबन्धन कहिलै टुट्दैनः दाहाल



सैघाली खबर,
काठमाणडौ २ पुस।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै टुट्न नदिने प्रतिवद्धता जाहेर गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले गरेको चियापान समारोहमा अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले नै अनुमोदन गरिसकेकाले पार्टी एकता जनअनुमोदित भएको बताए।

निर्वाचनमा वामगठबन्धनले प्राप्त गरेको ऐतिहासिक सफलताले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरी विकासको नया युग तर्फ लैजाने विश्वास दाहालले व्यक्त गरे।

उनले नेपाल राष्ट्रको स्थायीत्व र सुशासन कायम गर्ने दृष्टिले वामगठबन्धनको सफलता ऐतिहासिक कोशेढुङा भएको दाबी गरे।

लामो समयदेखि विभाजनबाट गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एक गर्दै मुलुकलाई राजनीतिक स्थायीत्व दिनका लागि गरिएको पार्टी एकता र त्यसले प्राप्त गरेको विजय एमाले र माओवादी केन्द्रको फ्युजन भएको भन्दै त्यसलाई कसैले विर्सन नहुनेमा पनि उनले सचेत गराए।

निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक सफलताले नयाँ प्रक्रिया र युगको सुत्रपात गरेको भन्दै उनले समाजवादको नयाँ आधार निर्माण गर्ने अवसर छुट्न नदिने प्रतिवद्धता पनि जाहेर गरे।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्