देउवालाइ प्रचण्डको यस्तो आग्रह



सैघाली खबर,
काठमाडौं २ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काम चलाउ बनेको सरकारले राजनीतिक नियुक्ति र सरुवा गर्न नमिल्ने बताएका छन् ।

आइतबार राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवा सरकारले नियुक्ति र सरुवा–बढुवामा चलखेल गरेको भन्दै प्रधानमन्त्री देउवालाई जनमतको सम्मान गरेर सरकार छोड्न सुझाव दिए । देउवा सरकारले गर्भनर नियुक्तिमा चलखेल गरेको प्रचण्डले बताए ।

‘सरकार कामचलाउ भइसकेको सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्छ’, प्रचण्डले भने, ‘काम चलाउ सरकारले गर्भरनर नियुक्ति जस्तो विषयलाई समेत अगाडि बढाउनु गम्भीर विषय हो।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्