प्युठानमा कांग्रेस उम्मेदवार छानिए



२३ जेठ, प्युठान । नेपाली कांग्रेस प्युठानले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारहरुको टुंगो लगाएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिकाका प्रमुख(उपप्रमुख, अध्यक्ष(उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाएको नेपालीका कांग्रेस प्युठानले जनाएको छ ।
कांग्रेसले प्युठान नगरपालिकाको प्रमुखमा पत्रकार समेत रहेका पार्टी सचिव देवेन्द्र वर्मालाई उम्मेदवार बनाएको छ । उपप्रमुखको उम्मेदवारमा भगवता विष्ट रहेकी छन् ।

स्वर्गद्वारी नगरपालिकाको प्रमुखमा पार्टी क्षेत्रिय सभापति टेकप्रसाद भण्डारी र उपप्रमुखमा बाली खड्कालाई कांग्रेसले उठाएको छ ।

मल्लरानी गाउँपालिकाको अध्यक्षमा विजय कुमार श्रेष्ठ र उपाध्यक्षमा बसन्ता भट्टको नाम टुंगो लगाएको छ । भट्ट नेपाल पत्रकार महासंघ प्यूठानको महिला उपाध्यक्ष हुन् ।

नौबहिनी गाउँपालिकामा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको छ । उपाध्यक्ष पदमा माओवादीलाई समर्थन गर्ने भन्दै कांग्रेसले अध्यक्ष पदमा मात्रै उम्मेदवार उठाएको छ । नौबहिनी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले पूर्वसचिव शिव रिजाललाई उठाएको छ ।

गौमुखी गाउँपालिकाको अध्यक्षमा युवा नेता तथा पूर्व पत्रकार विष्णु कुमार गिरी र उपाध्यक्षमा तुलुसी सुनारको नाम टुंगो लगाइएको छ ।

झिमरुक गाउँपालिकाको अध्यक्षमा पत्रकार महासंघका पूर्वउपाध्यक्ष प्रमोद पोख्रेल र उपाध्यक्षमा सरस्वता पोख्रेललाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

त्यसैगरी माण्डवी गाउँपालिका अध्यक्षमा रेशम ठेडी र उपाध्यक्षमा केशरा पौडेल तथा सरुमारानी गाउँपालिका अध्यक्षमा मोहन पन्थी र उपाध्यक्षमा तुलसा विष्टको उम्मेदवारी टुंगो लगाएको कांग्रेस श्रोतले जनाएको छ । पन्थी स्थायी शिक्षकबाट राजिनामा दिएर चुनाव लड्न लागेका हुन् ।

ऐरावती गाउँपालिकाको अध्यक्षमा नविलविक्रम शाह र उपाध्यक्ष जलजला थापाको उम्मेदवारी तय भएको छ ।

जिल्ला सबै वडाका अध्यक्ष र सदस्यहरुको समेत नाम टुंगो लागेको कांग्रेस प्युठानले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्