तुलसीपुरमा थप  दुईवटा ट्रेक्टर नियन्त्रण




सैघाली खबर,
तुलसीपुर, ३ पुस ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले फेरि थप दुईवटा ट्रेक्टर नियन्त्रणमा लिएको छ । अबैद्य रुपमा खोला जन्य बस्तु उत्खनन् गरिहेको अवस्थामा दुईवटा ट्रेक्टर नियन्त्रणमा लिइएको हो ।

ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार रा १ त १२७८ नं. ट्रेक्टर सोमवार विहान पातुखोलावाट नियन्त्रणमा लिइएको हो  भने रा १ त २२६१ नं. ट्रेक्टर आइतवार बेलुकीपख भमके खोलावाट पक्राउ परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्