राष्ट्रपतिले प्रचण्ड र ओलीलाई दिइन यस्तो सुझाब



सैघाली खबर,
काठमाणडौ ५ पुस।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवनमा बिहान एक घण्टा भएको भेटमा राष्ट्रिय सभा अध्यादेश र निर्वाचन परिणामका विषयमा छलफल भएको हो।

राष्ट्रपतिले दलहरुलाई मिलेर अगाडि बढ्न आग्रह गरेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

‘निर्वाचन परिणाम आएको विषयमा छलफल भयो’, अधिकारीले भने, ‘सबै संवैधिनक अंगले आफ्ना कर्तव्य पुरा गरिहाल्छन् भन्ने आशय राष्ट्रपतिले व्यक्त गर्नुभयो।‘

निर्वाचन आयोगले सम्पूर्ण परिणाम सार्वजनिक भएपछि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक प्रावधन रहेको छ। ‘लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरु परिपक्क छन्, त्यहाँबाट उम्कन्छन् भन्ने लाग्दैन’, राष्ट्रपतिको भनाई उल्लेख गर्दै अधिकारीले भने, ‘दलहर मिलेर अगाडि बढ्नुस् ।’

भेटमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागि भएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्