चिसोबाट आफुलाइ बचाउनुहोस, लाग्न सक्छ यस्तो खतरानक रोग



सैघाली खबर।
देशभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर र उच्च पहाडी तथा हिमाली जिल्लमा बाक्लो हिमपात सुरु भइसकेको छ । चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात हुने खतरा धेरै हुने डाक्टरले बताएका छन् । मुटु रोग विशेषज्ञ डा। प्रेमराज वैद्यका अनुसार चिसोले हृदयघात र मुटुरोग बढाउँछ ।

चिसोले शरीरका नसा खुम्चिने हुनाले हृदयघातको सम्भावना भएकामा हृदयघात, मस्तिष्क घात हुने र मुटु बिगे्रका बिरामीलाई निमोनिया, उच्च रक्तचापको समस्या बढी हुने डा। वैद्यले बताउनुभयो । विभिन्न अध्ययनले पनि चिसो समयमा नै हृदयघात हुने र मुटुका बिरामी समस्यामा पर्ने गरेको देखाएको छ । चिसोले फोक्सोमा असर गर्ने हुँदा रक्तसञ्चार प्रवाहमा असर पर्न जान्छ । जसले गर्दा मुटुका रोगीलाई समस्या हुने उहाँले बताउनुभयो ।

यस्तै जाडो महिनामा नै श्वासप्रश्वास नलीबाट ब्याक्टेरिया पनि छिर्ने र यसले फोक्सोमा समेत संक्रमण हुने र मुटुमा थप समस्या पर्ने डाक्टरले बताएका छन् । चिसोमा कतिपयले बढी नुनिलो, चिल्लो र चुरोट खाने गरेकाले पनि मुटुको रक्तचाप बढ्ने गरेको पाइएको छ । डाक्टरहरुका अनुसार खानपानमा ख्याल गरी न्यानो कपडा र झोलिलो खाने कुरा खाए जाडो महिनामा लाग्ने सम्भावित रोगबाट बच्न सकिन्छ ।

यसैबिच,तराईमा चिसो बढ्न सक्ने अनुमान रहेकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् । शुक्रबारदेखि फेरि तापक्रम घट्ने मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशका धेरै ठाउँमा बुधबारदेखि आंशिक बदली मात्रै भएकाले अरु दिनको तुलनामा अहिले केही न्यानो छ । तर पश्चिमी वायूको प्रभावले फेरि तापक्रम घट्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्