माटोको ढिस्कोले पुरिएर २ महिलाको मृत्यु



सैघाली खबर,
बाग्लुङ ६ पुस।
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर– ४ का दुई महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णकला नेपाली रहेको बागलुङ प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए। प्रहरीका अनुसार मृत्यु भएका दुवैको शव पोस्टमार्टमका लागि धवलागिरी अञ्चल अस्पताल बाग्लुङ ल्याइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्