राजयोग भवन श्रीगाउँमा शिलन्यास



सैघाली खबर
दाङ , ६ पुस । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपाल श्रीगाउँमा राजयोग केन्द्रको भवन शिलान्यास गरिएको छ । दंगीशरण गाउँपासिलका –७ स्थित शिव मन्दिर परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

ब्रह्माकुमारीज राप्ती क्षेत्र प्रमुख सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी गिता दिदीजीको अध्यक्षता एवं दाङ्ग जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं ३(२) का नव निर्वाचित माननीय सदस्य उत्तरकुमार वलीको प्रमुख आतिथ्यता तथा दंगिशरण गा.पा.का प्रमुख श्री भागिराम चौधरीको विशिष्ट आतिथ्यतामा भवनको शिलन्यास गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नवनिर्वाचित सांसद वलीले आद्यात्मिक चिन्तन र संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । ब्रह्माकुमारी संस्थाले समाज रुपान्तरणका लागी खेलेको भूमिकाको प्रशंशा गर्नुभएको थियो ।

ब्रह्माकुमारी अनिताजीको स्वागत मन्तव्यबाट शुुरु भएको उक्त समारोहमा समाजसेवी धर्मनाथ योगी,वडाध्यक्ष वीरबहादुर वली,दाङ्ग जिल्ला नागरिक समाजका सदस्य नारायणप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सोही अवसरमा स्थानीय समाजसेवी डोलनाथ योगीले राजयोग भवन निर्माणका लागि करिव १ कठ्ठा क्षेत्रफलको जमिन दान दिनुभएको छ । २ तलाको साधन हल समेतको १२ कोठे पक्की भवन करिव ८२ लाख ५८ हजारमा सम्पन्न गर्ने लक्ष्य रहेकोसंस्थाका सचिव ब्रह्माकुमार शिवलाल महताराले जानकारी गराउनु भएको कार्यक्रको सञ्चालन प्रशिक्षक ब्रह्माकुमार माधव तिमिल्सेनाले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्