महरा भन्छन ‘दाङ नै राजधानीे बन्ने सल्लाह हो, बुटवल भन्ने हल्ला मात्रै हो ’



गिरिराज नेपाली
दाङ, ६ पुस । उपप्रधानमन्त्री तथा नवनिर्वाचित प्रनितिधिसभा सदस्य कृष्ण वहादुर महराले दाङ नै प्रदेश नं. पाँचको राजधानी बन्ने बताउनुभएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले विहिवार आयोजना गरेको स्वागत सम्मानमा वोल्दै नेता महराले प्रदेश नं. पाँचको प्रादेशिक राजधानी दाङ वाहेकको कुनै विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ अबको केही दिनमै दाङ राजधानी तोकिन्छ । ’ त्यो संकेत देखा परिसकेको छ । बुटवल भन्ने निराधार प्रचार मात्रै रहेको बताउनुभयो ।

नेता महराले प्रादेशिक राजधानीका वारे कुरा राख्दै भन्नुभयो दाङ नै राजधानी दाङकै मुख्यमन्त्री प्रदेश नं. पाँचले पाउने बताउनुभयो । देउवा ,वंली र प्रचण्डले संगको छुट्टाछुट्टै बसाई दाङ नै राजधानी बनाउने संकेत सकारात्मक देखिएकाले राजधानी वारे दाङवासी ढुक्क बन्न आग्रह गर्नुभयो । बुटवल राजधानी भन्ने हल्ला मात्रै रहेकाले त्यसको पछि नलाग्न पनि दाङवासीलाई उहाँले आग्रह गर्नुभयो । बुटवलका काँग्रेसका नेता बालकृष्ण खाण र नेकपा एमाले नेता विष्णु पौडेल संगको बसाईको कुरा राख्दै महराले भन्नुभयो ‘उहाँहरु संग पनि राजधानी वनाउने प्रमाणित आधारहरु केही छैन । ’ जनताको मन जित्न राजधानी नारा बजाउदै हिड्नुभएको छ ।

 

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालको अध्यक्षता एंव नेपाल सरकारका उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य अमर वहादुर डाँगीको विशिष्ट आतिथ्यताका सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेता महराले पश्चिम नेपालकै केन्द्र दाङ रहेकाले पश्चिम नेपालको हव निर्माणको विकल्प नरहेको बताउनुभयो । उहाँले दाङ आफ्ना व्यापारिक नाका कोईलावास नाका र उत्तरी सिमा दु्रतमार्ग ‘रेलवय सेवा ’ लुम्विनी हुदै जोड्ने तयारी रहेकाले दाङ औद्योगिक तथा व्यापारिक हवका रुपमा पनि विकास गर्न सकिने बताउनुभयो ।

औद्योगिक तथा व्यापारिक रुपमा पनि दाङ फष्टाउदै गईरहेकाले अबको दाङ आर्थिक समृद्धि औद्योगिक तथा निर्यातमुखी व्यापारको विकास गर्नुपर्ने औल्याउनुभयो । औद्योगिक र व्यापारिक क्षेत्रको सम्भाव्यता अध्ययन गरी हवाई यातायात सुचारु गर्दै व्यापार प्रर्वद्धन गर्न सक्ने उहाँले जोड दिनुभयो । दाङ विकास र समृद्धिका लागि हवाई यातायात अति आवश्यक रहेकाले हवाई यातायात सञ्चालनका लागि उपप्रधानमन्त्रीको हैसियतले जोड गरिरहेको समेत उहाँले बताउनुभयो । ‘ दाङमा हवाई यातायात पनि सुचारु हुन्छ । ठुला–ठुला उद्योगहरु र व्यापारिक नेर्टवक पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा फिँजाउन सकिन्छ । ‘त्यो दिन धेरै टाढा छैन दाङवासी ढुक्क भए हुन्छ ’उहाँले भन्नुभयो ।

त्यस्तै उक्त कार्यक्रममा नेता महराले मुलुकको समृद्धि र स्थायित्व वाम एकतामा मात्रै सम्भव रहेको बताउनुभयो । जसका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचको पार्टी एकिकरणको प्रक्रिया सुरु भईरहेको समेत बताउनुभयो । दुई दलका शिर्ष नेता केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकिकरणको आन्तरिक गृहकार्यमा रहेकाले अबको केही दिनमै पार्टी एकिकरण हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टी एकिकरण तुरुन्तै हुन्छ , केही शिर्ष मुद्दाहरु महाधिवेशनमा गई टुङगिन्छ ।’ वाँकी केही कुरा पार्टी एकता संगै समाधान हुने उहाँले बताउनुभयो ।

त्यस्तै उक्त स्वागत सम्मान कार्यक्रममा दाङ क्षेत्र नंं २ ‘२’ का प्रदेशसभाका नवनिर्वाचित सदस्य अमर वहादुर डाँगीले पनि दाङको व्यापारिक राष्ट्रियकरण गर्न सकिने बताउनुभएको छ । उहाँले दाङमा प्रशस्त जमिन उलपब्ध, आफ्नै व्यापारिक नाका र नगदे तथा खाद्यवालीको उत्पादनको पकेट क्षेत्र रहेकाले दाङ निर्यातमुखी व्यापार क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘एैलानी र गुठीका जग्गालाई उत्पादनशिल क्षेत्रमा विकास गर्न सकिन्छ । ’ तर जसका लागि सिचाई व्यवस्थापनको अति आवयश्यक छ । जिल्लाभर नै लिफ्ट सिचाईको व्यावस्था गरी उत्पादनशिल ,समृद्धि कृर्षि औद्योगिक क्षेत्र दाङ बनाउन सकिने उहाँले बताउनुभयो । त्यस्तै प्रदेश सासद डाँगीले प्रदेश नंं ५ को राजधानी दाङको विकल्प नरहेको बताउनुभएको छ ।

अन्र्तराष्ट्रिय सुरक्षा, अपराध निरुत्साहित, भौगोलिक , भौतिक संरचना र हावापानीको हिसावले दाङ नै उपयुक्त रहेको उहाँले ठहर गर्नुभयो । उहाँले भन्नुभयो – ‘ राजधानी दाङवासीको सरोकार हो यसमा कुनै सम्झौता हुने छैन । ’ दाङलाई राजधानी की मुख्यमन्त्री भन्ने होहल्ला वाहिर आईरहेकाले राजधानी पनि दाङ र मुख्यमन्त्री पनि दाङवासी बन्ने उहाँले बताउनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्