म्यादी प्रहरीलाई भव्यताका साथ बिदाई



सैघाली खबर,प्युठान,७ पुस ।–प्रतिनिधिसभा तथा प्रदेशसभामा सुरक्षार्थ भर्ना भएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । प्यूठान जिल्लाका कार्यरत झण्डै १ हजार २ सय म्यादी प्रहरीलाई औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो ।चुनावमा सुरक्षार्थ खटिएका प्रहरीलाई नैतिक शिक्षा प्रदान गरी घर पठाउनका लागि औपचारिक कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

निर्वाचन अवधिभर प्रहरी कमाण्डमा रहेका उनीहरुलाई स्थानीय स्तरमा बर्दी बिनाका नैतिकवान प्रहरी बनुन भन्ने उद्धेश्य रहेको उहाँको भनाई छ । राज्यको दायित्व बोकेका प्रहरीले ग्रामीण क्षेत्रमा शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान हुने कार्यक्रमका सहभागीहरुको जोड थियो ।

जिल्लामा पहिलो पटक यसरी म्यादी प्रहरीलाई बिदाई गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालयले देशैभरमा पहिलो पटक यसरी औपचारिक कार्यक्रम गरी बिदाई गरिएको जनाएको छ ।

कार्यक्रममा लैंगिक हिंसा अन्त्यका लागि सबै म्यादी प्रहरीलाई गाउँगाउँमा सक्दो अभियान चलाउन महिला विकास अधिकृत सुशीला अर्यालले आग्रह गर्नुभयो । सदियौंदेखि जकडिएर रहेको हिंसा अन्त्यका लागि केही समय नैतिक शिक्षा लिनुभएका प्रहरीले अबका दिनमा नैतिक शिक्षा कार्यान्वयनमा उहाँको जोड थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्