‘अब समृद्धि यात्रा सुरु हुन्छ -महरा’



गिरिराज नेपाली
दाङ,८ पुस । उपप्रधानमन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण वहादुर महराले मुलुकले संक्रमणकालिन परिस्थितिको वाट मुक्त हुदै समृद्धिको यात्रा तय गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङशाखाले शनिवार दाङको घोराहीमा आयोजना गरेको स्वागत सम्मानमा नेता महराले यस्तो बताउनुभएको हो ।
महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता एंव दाङ प्रदेशसभा सदस्य अमर वहादुर डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पनन भएको थियो । उक्त कार्यक्रममा नेता महराले मुलुक राजनितिक अधिकारको लडाई सम्पन्न गरीसकेकाले अब मुलुकको समृद्धिको यात्रा तय गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मुलुकको समृद्धि नै जनताले चाहाना हो । ’ अब त्यही दिशामा मुलुक दौड्ने छ । गाउँ केन्द्रित, युवा लक्षित स्वरोजगारका अबसरहरु निर्माण मुलुक दिगो आर्थिक समृद्धि तर्फ अग्रसर बनाईने उहाँले बताउनुभयो ।

त्यस अवसरमा नेता महराले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न संगै प्रादेशिक राजधानी मुकाम तोक्ने र नयाँ सरकार निर्माणको प्रक्रिया चलिरहेकाले अबको कम्तिमा दुई÷तीन हप्तामै नयाँ सरकार बन्ने उहाँले बताउनुभयो । निर्वाचन संगै मुलुकले नयाँ नेतृत्व सहितको नयाँ सरकार पाउने अपेक्षा गरेकाले त्यो दिने अब धेरै टाढा छैन । उहाँले भन्नभयो– निर्वाचित भएको दिनदेखी नै निर्वाचित प्रतिनिधिहरु नयाँ सरकारको निर्माणको आन्तरिक गृहकार्यमै लागेको छौ । ’त्यसले अब चाँडै नै निकास पाउने छ ।

नयाँ सरकार गठन पहिला वा राष्ट्रियसभाको निर्माण पहिला भन्ने बहस पनि चलिरहेकाले राष्ट्रियसभा भन्दा पहिलो आवश्यकता सरकार गठन नै मुख्य रहेको बताउनुभयो । प्रतिनिधिसभा वाटै नयाँ सरकार वाट सरकार गठन गर्न सकिने भएकाले यस सरकार गठनलाई अब धेरै नलम्ब्याउन पनि आग्रह गर्नुभयो । सरकारको नेतृत्व गरीरहेको नेपाली काँग्रेसले राष्ट्रियसभा गठन पछि मात्रै नयाँ सरकार गठन हुनसक्ने तर्क राख्दै आईरहेकाले अध्यादेश जारी गरेरै भए पनि नयाँ सरकार निर्माण गर्न सकिने दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘ काँग्रेसले एकल मतका आधारमा सरकार निर्माणको दाउ खिचिरहेको छ । हामीले वहुमतको सरकार खोजीरहेको छौ । ’ जसका कारण सरकार निर्माणको प्रक्रिया लम्विरहेको छ ।

त्यस्तै उहाँले अझै ७ प्रदेश मध्ये ६ प्रदेशको प्रादेशिक राजधानी कहाँ बन्ने भन्ने कुरा विवादमै छ । प्रदेश प्रमुखको पनि कुनै टुङगो लागेको छैन । निर्वाचन सकिए पनि मुलुकको अस्थीरता अझै उस्तै छ । जनतामा निरासाता पनि वढ्दै गईरहेको छ । जसको मुख्य कारण नै नयाँ सरकार र प्रादेशिक राजधानी स्थायित्व हो । यसको टुङगो लगाउन सकेमा यि सवै समस्याको समाधान एकै पटक हुने उहाँले बताउनुभयो ।

उहाँले नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचको पार्टी समिकरण अब चाँडै हुने पनि बताउनुभयो । पार्टी एकताका वारे एक तहको गृहकार्य सम्पन्न भई अर्काे चरणको प्रक्रियामा छलफल चलिरहेकाले एमाले र माओवादी विचको पार्टी एकता वाट मुलुकमा नयाँ कम्युनिष्ट पार्टी , नयाँ सरकार ,नयाँ संरचना र नयाँ संविधानको कार्यन्वयन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘ पार्टी एकता वारे बहस चलिरहेको छ । ’ त्यो वारेका वितर्कमा भ्रम फैलाईरहेकाले त्यो नगर्न पनि उहाँले आग्रह गर्नुभयो । त्यस्तै उहाँले प्रादेशिक राजधानीका वारेमा कुरा राख्दै दाङवासीलाई अत्याउने बुटवल बन्ने हल्ला चलेकाले त्यो हल्ला निआधारको हल्ला मात्रै रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘ म केन्द्रमा छु , प्रदेश नं. ५ को केन्द्र दाङ नै हो , दाङमै प्रादेशिक राजधानी बन्छ । ’ बुटवल बन्ने आधार केही छैन ।

उक्त अबसरमा दाङ क्षेत्र नं. २ – २ का प्रदेशसभा सदस्य सासद अमर डाँगीले दाङको आर्थिक विकास अब ‘फाष्ट्र¥याक ’मार्फत गरिने बताउनुभयो । दाङ पश्चिम नेपालको हवको रुपमा विकास गर्दै दाङको आर्थिक समृद्धिलाई मजवुत बनाईने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ दाङकै भन्सार नाका खोल्ने छ , निर्यातमुखी व्यापार गर्ने छौ । ’ जनताको जीवनस्तर लाई आर्थिक रुपमा सक्षम बनाउने छौ ।

रेडियो प्रकृतिलाई सहयोग रकम हस्तान्तरण

दाङको तुलसीपुर वाट सञ्चालन हुदै आईरहेको रेडियो प्रकृतिलाई एफएम लाई नेपाल पत्रकार महासंघ दाङले सहयोग रकम हस्तान्तरण गरेको छ । गत साउनमा चट्याङवाट क्षतिग्रस्त भएको रेडियोलाई महासंघ दाङले दश हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव गोकर्ण पौडेलेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्