फेसबुकमा जथाभावी लेख्ने पौडेललाई ३ पत्रकारले हाले मुद्धा



बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई आज पक्राउ गरेको छ ।

एभिन्यूज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पौडेलमाथि अभद्र व्यवहारको मुद्धामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले बताए ।

यसअघि पत्रकार त्रयले विद्युतीय अपराधमा समेत पौडेलविरुद्ध प्रहरीमा मुद्धा दर्ता गराएका छन् । पौडेल सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानी र पेशागत चरित्रमा आँच आउने गरी गालीगलौजमा उत्रेकाले मुद्धा दिनु परेको पत्रकार राजभण्डारीले बताए ।

पौडेलले केही दिनयता पत्रकार, प्रशासक, दलका नेतालगायतलाई लक्षित गरी अमर्यादित ढङ्गले लेखिएका पोष्ट÷भिडियो फेसबुकमा राख्दै आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्