निजि अस्पताल पिच्छे फरक–फरक शुल्क



गिरिराज नेपाली
दाङ। १० पुस । जिल्लामा पछिल्लो समय निजि अस्पतालहरुको सख्या वर्षेनी थपिदै गईरहेको छ । त्यो संगै सर्वसारधणहरु सरकारी अस्पतालको उपचारको सेवा भन्दा निजि अस्पतालको सेवा तर्फ आकर्षित बन्दै गईरहेका छन । तर निजि अस्पतालहरुमा भने उपचार सेवा शुल्क अस्पताल पिच्छे फरक–फरक नै छन । जसका कारण सेवाग्राहीहरु मंहगो सेवा शुल्क तिर्न वाध्य भईरहेका छन ।

घोराही उपमहानगरपालिका– १६ का हेमन्त कार्कीले अस्पताल पिच्छे नै निजि अस्पतालहरुका फरक–फरक मुल्य लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यही सेवा एउटा अस्पतालमा एउटा शुल्क हुन्छ , अर्काेमा अर्कै शुल्क तोकेका हुन्छ ।’ सेवा शुल्क दर लिष्ट पनि कतै तोकेका हुदैन । जसका कारण हामी सर्वसाधरणहरुले उपचार सेवा शुल्क वाफत कति पैसा ति¥यौ भनेर पनि जानकारी नपाउने गरेको उहाँले बताउनुभयो ।

निजि अस्पतालहरुमा उपचार सेवामा मात्रै होईन । औषधी मुल्यमा पनि मुल्य फरक नै पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ एउटै कम्पनीका औषधीहरु पनि मुल्य फरक पर्छ । ’ अझ सेवा शुल्क फरक पर्ने भयो । सेवाका नाममा निजि अस्पतालहरुले मनपरी शुल्क निर्धारण गर्दा सर्वसाधरणहरु मारमा परेको बताउदै उहाँले भन्नुभयो– ‘निजि अस्पतालहरुको मुल्य एकरुपता कायम गनरिनु पर्छ । ’ जसका लागि सम्वन्धीत निकायहरुले नियमन र निगरानी वढाउनुपर्ने उहाँले बताउनुभयो ।

सरकारी अस्पतालमै सेवा दिने डाक्टरहरु निजि त्यही सेवालाई ढाडसेक्ने गरी शुल्क असुल्छन । तर सरकारी स्वास्थ्यसेवाको अवस्था कहिले फेरिदैन । जसका कारण निजि अस्पतालको महगो शुल्कमा सेवालिनु पर्ने वाध्यता विरामीलाई पर्छ । उहाँले भन्नुभयो– सेवाशुल्क, औषधी मात्रै होईन । विरामी बोक्ने एम्वुलेन्समा उस्तै अवस्था छ । सरकारी अस्पतालका एम्वुलेन्स छैनन । सवै निजि एम्वुलेन्सले विरामी बोक्ने हुन उनीहरुले पनि मनपरी भाडाँ लिन्छन । एम्वुलेन्सको समस्या पनि उस्तै छ । सरकारी एम्वुलेन्स भन्दा निजि एम्वुलेन्सको विगविगीले हैरान पारेको छ । अझै भन्ने हो भने राप्ती उपक्षेत्रिय अस्पतालमा एम्वुलेन्स नै छैन । त्यहावाट विरामी बोक्ने सवैजति निजि एम्वुलेन्स नै हुन ।

निजि अस्पतालहरुको उपचार सेवा शुल्कमा स्वास्थ्य मन्त्रालयले निश्चित शुल्न निर्धारण गरे पनि त्यो शुल्क कार्यन्वयन हुन सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार निजि अस्पताल अनुमति ईजाजत प्राप्त गरे पनि सेवा शुल्कमा भने सरकारी दररेट कार्यन्वयन नगनृे गरेको जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका वरिष्ठजनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले एमविविएस डाक्टरको हकमा प्रतिव्यक्ति दुईसय ५० र विशिषज्ञ चिकित्सकहरुको हकमा तीनसय ५० देखी चार सय ५० रुपैयाँ सम्म सेवा शुल्क निर्धारण गरिएको छ ।

तर निजि अस्पतालहरुले उक्त सेवाशुल्क कार्यन्वयनमा नल्याउदा सर्वसाधरणहरुमा मंहगोमा परेको उहाँले बताउनुभयो । निजि अस्पतालहरुले कानुनको परिपालना गर्न नसक्दा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ सरकारले शुल्क तोकेको छ , अस्पतालहरुले त्यही शुल्क नै लिनुपर्छ । ’ बेलाबेलामा हुने अनुगमनका क्रममा अन्यथा तलमाथि भएको भेटिएमा उचित कार्वाहीको व्यवस्थाको पनि प्रावधान रहेको उहाँले बताउनुभयो । १५ देखी ५५ सैया सम्मका ७ वटा निजि अस्पतालहरु ९० वटा क्लिनिकहरु दाङमा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले नियमन अभावका कारण निजि अस्पतालहरुमा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नागरिक गुनासाका आधारमा हामी अब नियमणलाई तिव्रता दिनेछौ । ’ समस्याको समाधान गर्ने प्रयास गरिने आचार्यले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्