रुससितको झडपपछि अमेरिकाले सिरियामा सैन्य संख्या थप्यो



रुसी सेनासँग भएको झडपपछि अमेरिकाले सिरियामा आफ्नो सैन्य उपस्थिति बढाएको छ । अमेरिकाले ६ वटा ब्रेडले फाइटिङ वाहन र सय सैनिकलाई सिरियाको उत्तर–पूर्वी सीमामा तैनाथ गरेको जानकारी दिएको छ । अमेरिका र रुसको पेट्रोलिङ सैन्य टुकडीबीच यस वर्ष थुप्रै झडप भएको छ । अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार यो निर्णयले ‘गठबन्धन बलको सुरक्षा र सेक्युरिटी सुनिश्चित गर्नेछ’ ।

उनले भने, ‘फाइटर वाहनबाहेक अमेरिकाले सेन्टिनल रडार पनि लगाउनेछ र अमेरिकी लडाकू विमानको पेट्रोलिङ पनि बढाइएको छ ।’

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार आफ्नो बयानमा भने, ‘अमेरिका सिरियामा कोही पनि सेनासँग झडप चाहँदैन तर यदि आवश्यक परे गठबन्धन सेनालाई डिफेन्ड गर्नेछ ।’

अर्बनले रुसी सेनाको नाम लिएनन् तर एक अमेरिकी अधिकारीले एनबीसी न्यूजलाई दिएको अर्को बयानमा अलि धेरै जानकारी दिइएको छ ।

अधिकारीले भने, ‘यो कारवाही र परिवर्तन रुस र अन्य गुटका लागि एक सीधा संकेत हो । यो अव्यवसायिक, असुरक्षित र उत्तेजक कारवाहीबाट बच्नका लागि उत्तर पूर्वी सीमामा तनाव कम गर्ने साझा कोसिसलाई साथ दिइयोस् भन्ने संकेत हो । ’

एनबीसी न्यूजले ती अधिकारीलाई उद्धृत गर्दै अमेरिकाले यी वाहन र सेना रुसलाई एक सेक्युरिटी एरियाभित्र जानबाट रोक्नका लगि पठाएको जानकारी दिएको छ । बीबीसी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्