स्वास्थ्यकर्मी रावतले दिए सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा उपकरण



ओमप्रकाश गुप्ता, देउखुरी ४ असोज । दाङ देउखुरी सिसहनियाँका पुराना तथा परिचित स्वास्थ्यकर्मी बसन्तकुमार रावत (विके)ले सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा स्वास्थ्य उपकरण प्रदान गरेका छन् । संविधान दिवस २०७७ सालको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतीनगर सिसहनियाँ निवासी स्वास्थ्यकर्मी रावतले स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्कालाई २६ प्रकारको औषधी र स्वास्थ्य उपकरण हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य चौकीमा आउने विरामीहरु स्वास्थ्य चेकजाँच पछि स्वास्थ्य चौकीबाट पाउने औषधी नपाएर मेडिकलबाट किन्नुपर्ने अवस्थालाई ध्यान दिदै अति आवश्यक औषधीहरु स्वास्थ्य चौकीलाई प्रदान गरेको स्वास्थ्यकर्मी रावतको भनाई छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष गंगाराम भट्टराईको अध्यक्षता एवम् राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतको प्रमुख आतिथ्यता तथा सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य विष्णा रावत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका सदस्य मधु सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्काले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्