कतारमा ९ महिनामा १०९ जना नेपालीको मृत्यु, ३० जनाको उतै अन्त्येष्टी



काठमाडौं / १० असोज।
नेपालीहरुको कर्मथलो कतारमा दुर्घटना तथा बिभिन्न कारणले ज्यान गुमाउने नेपालीहरुको संख्या दैनिक रुपमा बढीरहेको छ ।

पछिल्लो ९ महिनामा मात्र १०९ जना नेपालीहरुको ज्यान गएको छ । हालसम्म कतारमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
थप १२ जना सहित १८ जनाको कतारमै अन्त्येष्टी गरिएको छ ।

१२ जना बिभिन्न कारणले मृत्यु भएका र नेपालबाट परिवारले कतारमा अन्त्येष्टी गर्न सहमति दिए पछि मात्र अन्त्येष्टी गरिएको नेपाली राजदूतावासका द्वित्तीय सचिव भुवनप्रसाद भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार लकडाउन यता ७५ वटा शव नेपाल पठाई सकिएको छ भने ४ जनाको शव कतारको शव गृहमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्