चार महिनामै सकियो एक वर्षको बजेट ,कुन मन्त्रीले कति खर्च गरे मन्त्रीको नाम र खर्च विवरण सहित



सैघाली खबर,
काठमाडौँ १२ पुस ,। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । २९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ । यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।

कुन मन्त्रीको दाबी कस्तो 

सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमगर प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट कांग्रेस उम्मेदवार थिए । उनले ३ कात्तिकदेखि जिल्लामा चुनावी प्रचारप्रसारमा लागेको र ११ मंसिरमा काठमाडौं फर्किएको बताए । तर, उनले मन्त्रिपरिषद्को कार्यालयमा ३ देखि ८ कात्तिकसम्म, १६ देखि १७ कात्तिकसम्म र ११ मंसिरमा रोल्पाको अनुगमन मूल्यांकन भ्रमणमा गएको भन्दै भ्रमण भत्ता र हवाई टिकट खर्चका नाममा दुई लाख ४१ हजार पाँच सय दाबी गरेका छन् । उनले भ्रमण स्वीकृत गराउँदा बाटोमा पर्ने प्युठान, कपिलवस्तु, रुपन्देही जिल्लामा पनि अनुगमनमा गएको उल्लेख गरेका छन् ।

आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठ निर्वाचनका बेला धनुषा, सर्लाही, महोत्तरीमा खटिएका थिए । उनले पनि १५ देखि १७ कात्तिकसम्म र २८ देखि ३० कात्तिकसम्म ती जिल्लाको अनुगमनमा गएको दाबी गर्दै ८२ हजार नौ सय रुपैयाँको बिल पेस गरेका छन् ।

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ १ मा कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले पनि अनुगमनका नाममा राज्यकोषबाट खर्च माग गरेकी छिन् । उनले ५ देखि ७ कात्तिकसम्म र २६ देखि २७ कात्तिकसम्म जिल्ला अनुगमनमा गएको भन्दै मन्त्रिपरिषद्को कार्यालयमा ३७ हजार तीन सय रुपैयाँको बिल पेस गरेकी छिन् ।

सहरी विकासमन्त्री दिलनाथ गिरी ४ देखि ११ मंसिरसम्म संखुवासभामा थिए । राप्रपाले चुनाव प्रचारका लागि उनलाई मोरङ, सुनसरी, सप्तरी र सिरहामा खटाएको थियो । तर, उनले भाइटीकाको दिन ४ कात्तिकमा जिल्ला अनुगमनमा भएको भन्दै मन्त्रिपरिषद्को कार्यालयमा एक लाख ६२ हजार पाँच सयकोे विल पेस गरेका छन् । ४ देखि ११ मंसिरसम्म चुनावमा लागि आफू गृहजिल्ला संखुवासभा गएको उनले बताए ।

उद्योगमन्त्री सुनीलबहादुर थापा लोकतान्त्रिक गठबन्धनका तर्फबाट धनकुटामा प्रतिनिधिसभाको उम्मेदवार थिए । उनले ९ देखि १२ कात्तिक, १५ देखि २४ कात्तिक र २६ कात्तिकमा धनकुटाको अनुगमनमा गएको भनेर प्रधानमन्त्री कार्यालयमा भ्रमण भत्ता र हवाई टिकट खर्चसहित एक लाख ६९ हजार ३५० रुपैयाँको बिल पेस गरेका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

कुन मन्त्रीले कति खर्च गरे
प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा स् ६२ लाख ३९ हजार ८६४ रुपैयाँ

विजयकुमार गच्छदार ९स्थानीय विकास० स् ४,८९,०३०

गोपालमान श्रेष्ठ ९शिक्षा० स् ६१,८५०

गिरिराजमणि पोखरेल ९स्वास्थ्य–विनाविभागीय० स् ३,५०,४३०

ज्ञानेन्द्रबहादुर कार्की ९अर्थ० – २,४७,७००

फरमुल्लाह मन्सुर ९श्रम० – १,५५,५३८

प्रभु शाह ९सहरी विकास– विनाविभागीय० स् ८७,८२०

सुनीलबहादुर थापा ९उद्योग० स् २,१४,५००

दिलनाथ गिरी ९सहरी विकास० स् २,४४,५७५

जितेन्द्र देव ९पर्यटन तथा नागरिक उड्डयन० स् ३,६३,१००

गोपाल दहित ९भूमिसुधार तथा व्यवस्था० स् ३,२१,५७०

मोहनबहादुर बस्नेत ९सञ्चार० स् १३०५५०

रामकृष्ण यादव ९कृषि विकास० स् १०६२००

महेन्द्र यादव ९खानेपानी तथा सरसफाइ० स् ६१४०००

अम्बिका बस्नेत ९सहकारी तथा गरिवी निवारण० स् १०२५०

वीरबहादुर बलायर ९भौतिक पूर्वाधार तथा यातायात० स् १७४३५०

मीनबहादुर विश्वकर्मा ९वाणिज्य० स् १८४४००

यज्ञबहादुर थापा ९कानुन० स् १०२४००

भीमसेनदास प्रधान ९रक्षा० स् ९२५०

सञ्जयकुमार गौतम ९सिँचाइ० – २४३०५०

राजेन्द्रकुमार केसी ९युवा तथा खेलकुद० स् १६३२५०

टेकबहादुर बस्नेत ९सामान्य प्रशासन – विनाविभागिय ० – १५०७५०

शिवकुमार मण्डल ९आपूर्ति–विनाविभागीय० स् २८४६००

महेन्द्रबहादुर शाही ९ऊर्जा–विनाविभागीय० स् ९००००

आशा कोइराला ९महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय० स् १५७९००

सन्तकुमार थारु ९पशुपंक्षी– विनाविभागीय० स् ३४८०००

मिथिला चौधरी ९जनसंख्या तथा वातावरण० स् २०४७६०

जयन्त चन्द ९आपूर्ति० – २२४९५०

राज्यमन्त्रीहरू
कुन्ती शाही स् सहरी विकास स् २१८५५०

मोहम्मद जाकिर हुसैन ९महिला बालबालिका–विनाविभागीय० स् २७५६५०

रामसिंह यादव ९स्वास्थ्य–विनाविभागीय० स् २४३००

श्यामकुमार श्रेष्ठ ९गृह–विनाविभागीय० स् १५८४५०

शम्भुलाल श्रेष्ठ ९पशुपंक्षी० स् ६५७००

कर्णबहादुर विक ९आपूर्ति–विनाविभागीय० स् ५३८५५०

छमबहादुर गुरुङ ९सहरी विकास–विनाविभागीय० स् १०३६५०

गोमा कुँवर ९पशुपंक्षी–विनाविभागीय० स् ३१७०००

ओङ्दी शेर्पा ९सामान्य प्रशासन–विनाविभागीय० स् ७४१००

सीता गुरुङ ९भौतिक पूर्वाधार तथा यातायात० ः १८८४५०

सरिता प्रसाई ९कृषि विकास० स् १२६१००

शेषनाथ अधिकारी ९शिक्षा० स् ५७०००

नरबहादुर चन्द ९वाणिज्य० स् ३०३८५०

अब्दुल रज्जक गद्दी ९खानेपानी तथा सरसफाइ० स् १६९३००

तप्तबहादुर विष्ट ९सञ्चार० स् २७२८५०

कमलादेवी शर्मा ९वन तथा भूसंरक्षण० स् १२४१८०

मरसिंह पुन ९सिंचाइ० स् ५३७१५०

दिलमान पाख्रिन ९कानुन० स् ७२१७५

उदयशमशेर राणा ९अर्थ० स् २४०५०

डिल्लीबहादुर चौधरी ९श्रम तथा रोजगार० स् १४९५००

चम्पादेवी खड्का ९ सहकारी तथा गरिवी निवारण० स् १५०८५०

जनकराज चौधरी ९स्थानीय विकास० स् ११४४००

सुमित्रा थारु ९पर्यटन तथा नागरिक उड्डयन० स् २५९३००

यशोदाकुमारी लामा ९भूमिसुधार तथा व्यवस्था० स् ७८९५०

रेशमबहादुर लामा ९उद्योग० स् १२९६७०

कान्ता भटराई ९महिला बालबालिका तथा समाजकल्याण० स् १५२४००१२

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्