अनसनरत पत्रकारको मागमा भट्टराईको एक्यवद्धता



काठमाडौं । समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले काठमाडौंमा अनसनरत पत्रकारको माग सम्वोद्धन गर्न मिडिया हाउसलाई आग्रह गरेका छन् । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरस्थित सडकमै रिले अनसन बसिरहेका पत्रकारको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनले जनतालाई सुसूचित गर्ने पत्रकार नै शोषणमा परेर सडकमा आउनु राम्रो होइन भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले जतिसक्दो चाँडो जायज माग पूरा गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै ऐन कानून पालना नगर्नेलाई सरकारले कारबाही गर्नुपर्ने बताए ।

उनले भने, “श्रमजीवी पत्रकारको आवाज सरकारले सुन्नुपर्छ, श्रमजीवी पत्रकार सम्बन्धी ऐनको कार्यान्वयन हुनुपर्छ ।” कोभिड–१९ को बहानामा करिब एक दर्जन मिडिया हाउसले पत्रकार तथा कर्मचारी निष्काशन गरेको विरोधमा पत्रकारहरु ६ बुँदे माग राखेर असोज १५ गतेबाट रिले अनसन थालिएका हुन् ।

सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनु पर्ने, बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने, अनावश्यक सरुवा र निष्काशन फिर्ता लिनुपर्ने, छ महिना काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने मिडिया हाउसलाई कारबाही गर्नुपर्ने माग उनीहरुको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्