हाल प्रदेश १, प्रदेश २ र बागमति प्रदेश मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली



हाल प्रदेश १, प्रदेश २ र बागमति प्रदेश मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। प्रदेश १ का एक दुइ स्थानमा वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २१ गते (बुधबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २२ गते (बिहिबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २३ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्