चिसोले जनजीवन प्रभावित बन्दै



गिरिराज नेपाली
दाङ, १२ पुस । केहिदिन चिसो संगै शित लहर सुरु भएसंगै सर्वसाधरणहरुको जनजीवन प्रभावित बन्दै गईरहेको छ । चिसोका कारण किसान , विद्यार्थी , पैदलयात्री, वालवालिका, युवा र वृद्धहरु दैनिकी कष्ठकर बन्दै गईरहेको छ ।

चिसोका कारण पैदल यात्राहरुको चहल पनि घटेको छ । भने स्वास्थ्यसंस्थाहरुको विरामीको चाप ह्वात्तै वढेको छ । राप्ती उपक्षेत्रिय अस्पताल दर्ता फाँटका अनुसार दुईदिनमा मात्रै करिव आठ सय विरामीले अस्पतालमा भित्रिएको जनाएको छ । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो र निमोनिया लगाएतका दुईदिनमा वढि देखिएको अस्पतालले जनाएको छ ।

राप्ती उपक्षेत्रिय अस्पतालका फजिशियन डा. जीतनारायण यादवका चिसोका कारण हिजोआज श्वासप्रश्वास, रुघाखोकी, निमोनिया , अन्य संक्रमित विरामी वढि भित्रिएको बताउनुभयो । चिसो एकाएक ह्वात्तै बालबालिका र बृद्धहरुको चिसोको प्रत्यक्षमारमा परेको उहाँले बताउनुभयो । चिसोका कारण सवैभन्दा वढि वालवालिका र वृद्धहरु प्रभावित बनेका छन । निमोनिया, संक्रमित ज्वरो,रुघाखोकी र वृद्धहरुमा दम, मुटु, फोक्सो, हार्डजोर्नी, छाती दुख्ने, घाँटी र डाईरिया लगाएतका समस्या दुइदिनेमा वढि देखिएको उहाले बताउनु ।

गत विहिवार करिव ३ सय विरामीको सेवा दिईएको जनाउदै अस्पतालले सोमवार र मंगलवार मात्रै ७ सय ७९ जना विरामी नाम दर्ता गरेका छन । जसमा सोमवार मात्रै करिव तीन सय ८७ र मंगलवार तीन सय ९४ जना विरामी सेवा लिएका छन ।

चिसो सगै विरामी संख्या दिनादिन वृद्धि हुदै जान थाले पछि अस्पतालमा सेवामा सामान्य हतारो गर्नुपरेको डा. यादवले बताउनुभयो । उहाँले भन्नुभयो–‘एकै समयमा विरामीको लहर चलेको छ । ’ समयमै सवैलाई उपचार गर्नुपर्ने पनि छ । ’ तर अस्पतालको साधन स्रोत कमि छ । आपत विपतका वेलामा विरामीको लागि अन्य वैकल्पीक उपाय पनि केही छैन । चिसो विरामीहरुको उपचारमा संलग्न डा. यादवका अनुसार वढि विरामी दक्षिणीभेग आउने गरेको बताउनुभयो । दक्षिणीभेगमा शित लहर अलि बाक्लो चल्नेभएकाले दक्षिणीभेगका नागरिकहरु चिसोको उच्च मारमा पर्ने गरेको पनि उहाँले बताउनुभयो । पुर्वी तथा पश्चिम दाङका चौधरी , मगर र दलित समुदायका विरामीहरु वढि देखिएको उहाँले बताउनुभयो ।

चिसोको उच्च जोखिममा वृद्ध र वालवालिकाहरु वढि पर्ने गरेकाले उनीहरुको हेरचाहमै उच्चसतकर्ता अपनाउन डा. यादलले सुझाव दिनुभयो । ताँतो झोलिलो खानेकुरा खाने, मनतातो तोरीको तेल पैदलमा लगाई सक्ने , कोठा ताँतो बनाई राख्ने , न्यानो कपडा लगाउने, चिसो खानेकुराहरु सकभर खादैनखाने यदी खाने परेमा ताँतो बनाई खाने, वाहिर जाँदा टोपी , गल्बन्दी लगाउने, नियमित रुपमा ताँतोपानी खाने गर्नाले चिसोवाट जोगिन सकिने उहाँको सुझाव छ । उहाँले भन्नुभयो पछिल्लो समय विद्युतिय उपकरणको विकास संगै लोकप्रिय बन्दै गईरहेको हिटरले मानव स्वास्थ्यका लागि केही प्रभाव पार्न सक्ने पनि बताउनुभयो ।

बन्दकोठामा हिटर राखेर ताँतो लिनका आखाँ, नाक , मुख र श्वासप्रश्वास नलीमा सुख्खा र खस्रोपन निकाल्ने भएकाले हिटर ताँप्न पानी उमालेर बाफले ताँतो लिन अति उपयुक्त रहने उहाँले बताउनुभयो ।

चिसो संगै अस्पतालमा विरामीको संख्या ह्वात्तै वढ्दा उपचारका सेवा केही असहज बन्ने गरेको पनि अस्पतालले भनाई छ । अस्पताल व्यवस्थापनका फाँटका कर्मचारीहरु निर्वाचनका लागि खटिए पछि विरामी व्यवस्थापनको लागि केही समस्या बनेको अस्पतालको भनाई छ । वढे संगै पशुचौपया, बजार किनमेल देखी बालबालिक र वृद्धहरुको स्वास्थ्य निकै कष्ठकर बन्दै पनि गईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्