दाङमा खसीकप फुटबल, युवा नेता नेपालीले गरे फुटबल सहयोग



टेकबहादुर पुन, दाङ २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता बिमल नेपालीले दाङमा सोमबार देखि शुरु भएको मैत्रीपुर्ण खेलकुदका लागि फुटबल सहयोग गरेका छन् । युवाहरुको हौसला बृद्दी गरिनुका साथै खेल प्रतिको रुचि बढाउन फुटबल सहयोग गरिएको युवा नेता नेपालीले जानकारी दिए ।

दाङको घोराही-५ मा भईरहेको उपमहानगर पालिका स्तरिय खसीकप फुटबल प्रतियोगिताको उद्घाटन स्थलमा पुगी युवा नेता नेपालीले फुटबल सहयोग गरेका हुन् । युवाहरु लाई एकितृत गरी समृद्दीको बाटो देखाउन आफु सदैब लागीपर्ने उनले जानकारी दिए । प्रतियोगिताका लागि अत्याबस्यक फुटबल सहयोग गर्न पाउँदा उनले खुसी ब्यक्त गरे ।

बिजया दशमी २०७७ को उपलक्ष्यमा घोराही उपमहानगर पालिका वडा नम्बर ५ स्थित बिबेकशिल युवा क्लबले मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ । माबि धर्नाको खेलकुद मैदानमा सोमबारदेखी शुरु भएको प्रतियोगितामा १५ वटा टिमले सहभागी जनाएका छन । प्रतियोगितामा पहिलो हुने टिमले २० हजार वा रुपैया नगद सोही रकम बराबरको खसी, मेडल, प्रमाण पत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद ८ हजार रुपैया सँगै मेडल प्रमाण पत्र र त्यस्रो हुने टिमले सान्त्वना स्वरुप मेडल सँगै प्रमाणपत्र पाउने छन् ।

युवाहरुलाई एकितृत गर्न र हौसला बृद्दी गर्नका लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको बिवेकशिल युवा क्लब धर्नाका अध्यक्ष गोबिन्द आचार्यले जानकारी दिए । दैनिक ३ वटा खेल हुने आयोजकले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्