टरिगाउँ एयरपोर्टमा दुई महिना भित्रै अर्को जहाज थपिने



 

दिपक बोहरा,
तुलसीपुर १४ पुस ।

पुस २३ गते देखी सञ्चालन हुने टरिगाउ एयरपोर्टमा थप अर्को जहाज सञ्चालनमा आउने भएको छ । जहाज सञ्चालन भएको दुई महिना भित्र आरए को जहाज सञ्चालनमा आउने भएको हो । पुस २३ गते देखी दुई वटा सञ्चालनमा आउने र दुई महिना पछि थप अर्को गरी तीन वटा जहाज सञ्चालनमा आउने भएको हो । माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभाका सदस्य बर्षमान पुन‘अनन्त’को पहलमा उक्त जहाज सञ्चालनमा आउने भएको हो । थप जहाज सञ्चालनमा आएमा यात्रुहरुलाई आवत जावतमा सहज हुने बताईएको छ ।

पुर्ब अर्थमन्त्री समेत रहेका अनन्तले टरिगाउँ एयरपोर्टलाई अनियमित हुँन नदिन एयरपोर्ट स्तरउन्नती गर्न पहल थाल्ने बताएका छन् । दाङबाट गएको एक टोलीसंग टरिगाउँ एयरपोर्ट यस अघि पनि सञ्चालन हुँने र बन्द हुने समस्या दोहोरिरहेको भन्दै त्यस्लाई अन्त्य गर्न ईञ्धन डिपो र बिमानलाई चौडा बनाउन पहल थाल्ने बताए । उनले तुलसीपुरका बिमान स्थललाई १५ सय मिटर चौडा बनाएर ठुला जहाज भित्र्याउन पहल थाल्ने बताए । अहिले एयरपोर्ट पुर्ब दक्षिण तिर रहेको भन्दै त्यसलाई सिधा दक्षिण तिर बनाएमा ठुला जहाज आउने उनले बताए ।

दाङमा ठुलो जहाज भित्रिएमा एकै पटक धेरै यात्रुलाई सेवा दिन सकिने र भाडा पनि सस्तो हुने उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगर बिकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी, माओवादी केन्द्र निकट बिद्यार्थी नेता बिष्णु चौधरीलगायतको टोलीले अनन्तसंग टरिगाउ एयरपोर्टलाई निरन्तरता दिनका लागि पहल थाल्न आग्रह गरेका थिए । साथै उनले पाँच नं. प्रदेशको राजधानी दाङ बाहेक अन्य कुनै ठाउ नुहुने कुरामा ढुक्क हुन आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्