गोविन्द बिकको १२ तोप सलामी सहित प्रहरी प्रमुखद्वारा झन्डा ओढाई गरियो अन्त्यष्टि

मृतककाका आफन्तले प्रमुख जिल्ला अधिकारी मार्फत सरकार समक्ष पेश गरे ८ बुदे माग


 

धनबहादुर बिक
कैलाली कार्तिक ३
दुई दिनअघि कैलालीको धनगढी उपमहानगरपालिका जुगेडा स्थित मोहोना नदिमा रहस्यमयी ढंगले बीभत्स हत्या गरिएका प्रहरी असई गोविन्द बिकको शब सोमबार अपरान्ह उनका अाफन्तले बुझिलिएका छन ।
पुनर्वासबाट स्वस्फूर्त हजारौंको सङ्ख्यामा गोविन्दको हत्यारालाई कार्वाहीको माग सहित कैलालीमा नारा जुलुस लिएर आएका पिडितका आफन्तले प्रमुख जिल्ला अधिकारी समक्ष ८ बुंदे माग राखेपछि पिडितपक्षद्वारा राखिएको माग पूरा गर्न आफुले पहल गर्ने आश्वासन पाएपछि पिडित पक्षले शव बुझेका हुन ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख दिलिप सिंह देउवाले भने हामीले एउटा जिम्मेवार कर्तब्यनिष्ट प्रहरी गुमाएका छौ जतिको चिन्ता हजुरहरूलाई छ त्यो भन्दा बढी नै चिन्ता हामीलाई छ ।
गोविन्दका हत्यारा पत्ता लगाउन सिङ्गो प्रहरी बिभाग लाग्छ ढुक्क हुनुस् देउवाले भने ।
प्रहरी गोविन्दको सोमबार नै सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्रहरी बिभागको झन्डा ओढाई १२ तोप सलामी दिएर अन्त्यष्टि गरियको छ ।
गोविन्द कार्यरत अस्थायी प्रहरी चौकीको गोविन्दको नाम बाट नामकरण गरि राखिनु पर्ने , सिमा गस्तिका क्रममा हत्या गरिएका प्रहरी असई गोविन्दलाई सहिद घोषणा गरिनुपर्ने , गोविन्दको अवकाश जागिरे कार्यकाल सम्म उनकी धर्मपत्नीलाई मासिक तलब भत्ता नेपाल सरकारले व्यवस्थापन गर्नुपर्ने , उनकि धर्मपत्नीलाई सेवानिवृत पेनसनको व्यवस्था हुनुपर्ने , गोबिन्दका दुई छोराछोरीलाई सरकारले शिक्षा दीक्षा तथा सुरक्षाको जिम्मा लिनुपर्ने , हत्यारालाई यथासिघ्र पत्ता लगाइ सार्वजनिक गरी कानुनबमोजिम कडा कार्वाही हुनुपर्ने र गोविन्द संगै गस्तीमा रहेका जवान राम बहादुर साउंदको छिटोभन्दा छिटो खोजी गरिनुपर्ने लगायतका माग राखेका छन ।
पिडितहरूद्वारा राखिएको मागअन्यथा चरणबद्ध कडा अान्दोलन गरिने चेतावनी दियका छन भने प्रमुख जिल्ला अधिकारी बोहोराले अाफ्ना सम्पूर्ण शक्ति परिचालन गरि हत्यारा पत्ता लगाईने पिडित परिवारको मागलाई सम्बन्धित निकायसमक्ष पेश गरि पूरा गर्न पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
प्रहरी असई गोविन्दका हत्यारालाई कार्वाही हुनुपर्ने माग राख्दै पुनर्वास बाट हजारौंको सङ्ख्यामा अाएका स्थानीय ले हत्यारालाई कार्वाही गर , मान्छे मार्न पाईदैन जस्ता सरकारको बिरोधमा चर्काे नारावाजी गर्दै धनगढी उपमहानगरपालिका को चौराहदेखि सुरु गरिएको अाक्रोसित बिरोधकर्ताहरूले सार्वजनिक सवारी साधन बन्द गर्दै पसल व्यवसाय समेत बन्द गरेका थिए ।
घरकाो अभिभावक नै गुमाएपछी कञ्चनपुरको पुनर्वास नगरपालिका ९ ख गाउँ निवासी मृतक बिकका परिवार तथा गाउ नै शोकमग्न भएका छन ।
अति विपन्न परिवार मा जन्मेका बिक सहित ३ भाइ मध्ये उनी माईला हुन । घरकै कमाई गर्ने तथा लालनपालनको जिम्मेवारी सम्हालेका बिकको ड्युटिकै क्रममा रहस्यमयी ढङ्ले हत्या गरियपछि अाफुहरू अनाथ जस्तै भएको बिकका भतिजा हरि बिकले पीडा पोखे ।
भुमिहिन विपन्न परिवार को अभिभावक रहेका असई बिकले १२ जना परिवार परिवार को पालनपोषण गर्दै अाएका थिए ।
प्रहरी सेवामा ३ बर्ष मात्रै बिताएका बिक २ महिना पहिले सुर्खेत जिल्लामा कार्यरत थिए । बिक परिवारको विचल्लि भएपछि उनको परिवारको पालनपोषण तथा सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण जैसीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्