प्रस्तावित राजदूत खतिवडा र रेग्मी विरुद्ध उजूरी दर्ता



काठमाडौं । अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा चारवटा उजूरी परेका छन् । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा.युवराज खतिवडा विरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजूरी परेका छन् ।

सरकारले असोज १५ गते अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो ।

समितिको गत असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजूरी दिन सर्वसाधारणसँग आह्वान गर्दै सूचना प्रकाशन गरेको थियो ।

उजूरीकर्ताको ठेगाना र सम्पर्क नम्बर नखुलेकाले सार्वजनिक सूचनामार्फत उनीहरुलाई बोलाउनु परेकाले त्यसको सूचना मङ्गलबा प्रकाशन गरिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले प्राप्त उजूरीमाथि छलफल गर्न यही कात्तिक १७ गते समितिको बैठक डाकेको छ ।

योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि प्रस्तावित व्यक्ति राजदूतका लागि उपयुक्त होहोइन ठहर्याई आवश्यक निर्णय लिनेइ छ । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्