दाङमा आज थप १३ जनामा कोरोना पुष्टी



दाङ ५ कार्तिक । लमहीका १०, राप्तीका १ सहित दाङमा आज थप १३ जनामा कोरोना पुष्टी भएकाे छ ।  जिल्ला बाहिर गरिएको स्वाब परिक्षणमा लमही, राप्ती, तुलसीपुर र घोराहीमा नयाँ संक्रमित थपिएका हुन् ।

जिल्लामा आज मात्रै लमहीमा १० र राप्ती, तुलसीपुर र घोराहीमा १,१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।
यससंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८ सय ४ पुगेको छ । जिल्लामा पछिल्लो तथ्यांक अनुसार १ हजार २ सय जना संक्रमणमुक्त भइसकेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५९८ पुगेको छ भने कोरोनाबाट अहिलेसम्म जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्