मेची महाकाली युवा अभियानद्वारा निलसागरलाई सहयोग



ओमप्रकाश गुप्ता, सिसहनियाँ ७ कार्तिक । मेची महाकाली युवा अभियान दाङले  देउखुरीमा रहेको एक अाश्रममा अावश्यक सामाग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा अाश्रमलाई युवा अभियानले २२ थान कम्मल, फलफूल र ४ प्याकेट मास्क प्रदान गरेको छ ।

युवा अभियानका संयोजक भिमराज पुरूष र कोषाध्यक्ष ममता मानवसेवाले अाश्रमका प्रेस संयोजक ओमप्रकाश गुप्तालाई सो सामाग्री प्रदान गरेका हुन् । अाश्रमका २२ जना असहाय, अशक्त तथा जेष्ठ नागरिकलाई युवा अभियानका कोषाध्यक्ष ममता मानवसेवाले कम्मल अोढाइ दिएर फलफूल खुवाएकी थिइन् ।

२०७५ सालमा स्थापना भएको युवा अभियानले विशेष गरि सामाजिक क्षेत्रमा काम गर्दै अाएको छ । दाङ र पोखरामा काम गरिरहेको युवा अभियानले राहत वितरण, स्वास्थ्य, शिक्षाका क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्दै अाइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्