ओलीले भारतीय जाशुसलाई भेटेपछि कड्किए नारायणकाजी



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मध्यरातमा भारतीय गुप्तचर संस्थाका प्रमुखसँग दुईघण्टा लामो भेट गरेपछि त्यसविरुद्ध निरन्तर आलोचना भैरहेको छ ।
प्रधानमन्त्रीको कामप्रति स्वयम् सत्तारुढ नेकपाकै नेताहरुले तिखो प्रतिक्रिया व्यक्त गरेका छन् ।

यसैबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचरसँग भेटेर राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

देशको प्रधानमन्त्रीलेबिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरित समकक्षी झैं औपचारिक वार्ता गर्नु नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा पहिलो घटना पहिलो भएको पनि श्रेष्ठले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो ।’

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थितिबिना उनलाई भेटेको जनाएका छन् । उनले यसबारेमा पार्टीलाई यसबारेमा कुनै पूर्व जानाकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्