राप्ती गाउँपालिकामा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापनाको तयारी



ओमप्रकाश गुप्ता, गढवा १२ कार्तिक । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापनाको तयारी थालिएको छ । राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै उक्त कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

प्रदेश राजधानी भएपछि पहिलो कार्यालयका रुपमा स्थापना हुन लागेको हो । प्रदेशको स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि उक्त कार्यालय स्थापना गर्न लागिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्