लाखौं रकम सहित २० जुवाडे समातिए



नारायणगढ । जिल्ला प्रहरी कार्यालय चितवनले दसैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको चितवन प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

उनीहरुको साथबाट दुई लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको उनले बताए । उनका अनुसार कात्तिक १ गतेदेखि आजसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्धा चलाएर कारबाही अघि बढाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । सामूहिक रुपमा ठूलो धनराशि बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्