जग्गाको मालिक बन्दै महिलाहरु, कारण यस्तो देखियो



समिक्षा गाहा ,
दाङ, १५ पुस । जिल्लामा पछिल्लो समयमा महिलाका नाममा जग्गा पास तथा नामसारी गर्नेको सख्या वृद्धि हुदै गईरहेको छ । मालपोत कार्यालय घोराहीका अनुसार महिलाका नाममा जग्गापास तथा नामसारीमा लाग्ने २५ प्रतिशत राजस्व छुट व्यवस्थाले पुरुषको तुलनामा महिलाहरुको जग्गा नामशारी प्रकृयामा बढि बृद्धि भएको निमित्त प्रमुख कमल बहादुर वलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिला महिलाको नाममा थोरै मात्रै जग्गापास तथा नामसारीका हुने गर्दर्थे । ’ तर पछिल्लो समयमा यो काम ह्वात्तै वढेको छ ।

उहाँले गाउँपालिका क्षेत्रमा ३० प्रतिशत, उपमहानगरपालिका र नगरपाकिला क्षेत्रमा २५ प्रतिशत छुट व्यवस्था गरिएकाले यो सख्या वृद्धि हुदै गईरहेको बताउनुभयो ।

जसका कारण महिलाको सम्पत्तिको माथिको अधिकार पाउदै गईरहेका छन । ‘ सामाजिक रुपमा सम्पत्ति माथिको दम्पत्तीको अधिकार कायम गरिदिएको छ । ’ राजस्व छुट हुने भएकाले पनि पुरुषहरुले महिलाको नाम अर्थात श्रीमती , आमाहरुको नाममा जग्गा नामसारी तथा पास गरिने गरेको उहाँको भनाई छ ।

मालपोत कार्यालय घोराहीका अनुसार रामपुर १ हजार ४ सय ३६ , रावतगाउ ६ हजार ३ सय ४५ , सैघा ३ सय ७३ , सौडियार १ हजार ६ सय ४४,  सुजा २ सय ९६, सेवार बनगाउमा ५ हजार ३ सय ४५, भैसकुर्मा १ हजार १ सय १६, नारायणपुर ८ हजार ५ सय ५०, ढिकपुर ३ हजार ३ सय ५०, लोहारपानी ३ सय १ , लक्ष्मीपुर २ हजार २ सय ५१ , काभ्रे ५ सय ४२, धर्ना १ हजार १ सय ५५, हाँसीपुर १ सय ६१ , हापुर बिजैरी २ हजार ७ सय ५१, हरीद्धार ४ हजार ८ सय ६५, हलवार १ हजार ३ सय ३७ जना महिलाको नाममा जग्गा नामसारी तथा पास गरिएको जनाएको छ ।

स्थापना देखि असार मसान्त सम्मको घोराही उपमहानगरपालीकाको कुल महिलाले जम्मा एक लाख चार हजार ९ सय ३१ जग्गा महिला र १ लाख लाख ४ हजार ९ सय ३ पुरुषको नाममा नामसारी गरिएको वंलीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्