दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते



ओमप्रकाश गुप्ता, सिसहनियाँ १३ कार्तिक । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् । विहिवार बेलुका ५ः४५ बजेको समयमा लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ पिपरीचोक नजिक दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गरिरहेको साइकलयात्रीलाई पश्चिमबाट पुर्व तर्फ गइरहेको प्रदेश १, ०२–०४२ प ५४२५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षिया कल्लुप्रसाद चौधरी गम्भीर घाइते भएका छन् ।

घाइते चौधरीको खुट्टा, छाती लगायत शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते चौधरीलाई विष्ट स्वास्थ्य पोलिक्लिनीकमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्