राजपुरको सोमइथान मन्दिरमा रहेको सिलालेख ५ वर्ष देखि कोठा भित्रै थन्कियो



ओमप्रकाश गुप्ता, भालुवाङ १३ कार्तिक । दाङ देउखुरीको राजपुर स्थित सोमइथान मन्दिरमा रहेको सिलालेख ५ वर्ष देखि कोठा भित्रै थन्किएको छ । वडा नम्बर २ बेलामा रहेको देउखुरी उपत्यकाकै प्रसिद्ध सोमईथान मन्दिरको जिर्णोद्धार भौतिक निर्माण तथा ब्यवस्थापन सुधार गर्ने उद्देश्यले २०७३ सालमा आयोजना गरि सम्पन्न गरिएको श्रीमदभागवत ज्ञान महायज्ञमा सहयोगदाताहरुको नामावली लेखिएको सिलालेख मन्दिर भित्र रहेको एउटा घर भित्रको कुनामा २०७३ सालदेखि अहिले सम्म अलपत्र अवस्थामा थन्किएका छन् । नत मन्दिरको कुनै भौतिक सुधार भएको देखिन्छ ।

शिलालेख सुल्टो बनाएर अवलोकन गर्दा विभिन्न संघ संस्था, बृद्ध, भद्रभलाद्मीबाट ५ हजार ५रुपैयाँ देखि ५१ हजार २ सय ३४ रुपैयाँ सम्म आर्थिक सहयोग गर्ने ५९ जना सहयोगदाताहरुको नामावली अनुसार लाखौं रुपैयाँ देखिन्छ । महायज्ञको आयोजना गर्दैगर्दा ५ हजार रुपैयाँ भन्दा माथी सहयोग गर्नेको नाम शिलालेखमा लेखिन्छ भन्दै रकम संकलन गरिएको भए पनि २०७३ साल देखि आज सम्म पनि ती शिलालेख कुनामा थन्किरहदा सहयोगदाताहरुको सम्मान भन्दा पनि अपमान भैरहेको बुझिन्छ भने १ रुपैयाँ देखि ४हजार ९ सय ९९ रुपैयाँ सम्म आर्थिक सहयोग गर्ने र अन्य बस्तु दान गर्नेको त झनै कुनै बिबरण नै देखिदैन ।

महायज्ञ आयोजना गर्ने समितीको बारेमा अहिले सम्म मन्दिरमा कुनै ठोस प्रमाण फेला नपरे पनि जिम्मेवारी पदमा रहेका समाजसेवीहरुले सहयोगीहरुको सम्मान र जिर्ण अवस्थामा रहेको मन्दिर मर्मत सम्भारको पक्षमा स्पष्ट रुपले सार्वजनिक गर्नुपर्ने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्