खानेपानीका लागि भारतको भरपर्नु पर्ने कोइलाबासका नागरिकको बाध्यता



ओमप्रकाश गुप्ता, कोइलाबास १५ कार्तिक । नेपालको संविधानले नागरिकको मौलिक अधिकारको रुपमा खानेपानीलाई राखेपनि अझैपनि धेरै नागरिक खानेपानीको सहज पहुँचमा छैनन् । नेपालका ग्रामिण वस्तीमा अहिले पनि घण्टौँ लगाएर पानी ल्याउनु परेको समाचार पनि नयाँ नौलो होइनन् । पछिल्लो समय सुगम वस्तीमा समेत सहजरुपमा खानेपानीको पहुँच पुग्न नसकेको देखिएको छ । कुनै समय साविक राप्तीकै व्यापारिक केन्द्र कोइलाबास नाकामा पनि यस्तै समस्या छ । कोइलाबास नाकाका स्थानीय अहिले पनि खानेपानीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ ।

वर्षातको समयमा जसोतसो गुजारा चलेपनि हिउँदको समयमा पानी लिन भारतमा पुग्नुपर्ने बाध्यता रहेको छ । कोइलाबास नाम मात्रै हो, कुनै समय नुनदेखि सुन पाइने यो कोइलाबासमा अहिले खानेपानी समेत सजिलै पाउन नसकिएको त्यस ठाउँका स्थानियको गुनासो छ । पानी लिनका लागि बजार देखि भारतको जरुवा भन्ने ठाउँमा जानुपर्छ र एसएसपीले जान दिएपछि पानी पाउने नत्र भने पानी नपाउने पनि अवस्था भएको स्थानीयले बताउँछन् ।

यस्तो समस्या बिगतका बर्षहरुमा धेरै झेलेको र अहिले जनप्रतिनिधि आएपछि भने खानेपानी बिस्तार हुन लागेको छ खानेपानी ट्ङयाकी निर्माण भएको छ । पाइपलाइन बिस्तार भैसकेको छ । यस कारण अव भने खानेपानीबाट पाएको दुख हट्छकी भन्दै अर्का स्थानीय पत्रकार सन्तोषकुमार गुप्ताले खुसी ब्यक्त गरे ।

कोइलाबासमा खानेपानीका लागि पहिल्यै देखि पहल भएपनि अझैँसम्म पनि सहज व्यवस्था हुन सकेको छैन । कोइलाबास बजारमा पानीको मुहान पर्याप्त नहुँदा हिउँदको समयमा विषेशगरी खानेपानीको बढी समस्या हुने गरेको छ । हरेक वर्ष खानेपानीको हाहाकार हुने गरेपनि उचित व्यवस्थापन हुन नसकेको अर्का स्थानीय अब्दुल गुप्ताले बताएका छन् ।

दाङ सहित साविक राप्तीको पाँचै जिल्लाका प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको कोइलाबासमा करिब १ सय घरधुरी रहेका छन् । उनीहरु सबै खानेपानीका लागि भारतमा जाने गरेका छन् । कोइलाबास बजार मुख्य राजमार्गसंग पक्की सडकले जोडिएपछि खानेपानीको पनि समाधान हुने आशामा त्यस ठाँउका स्थानीय रहेका छन् ।

संविधानमा खानेपानीलाई मौलिकहकका रुपमा लिए पनि आफुहरुले नयाँ संविधानको अनूभुति गर्न पाएका छैनन् । कोइलाबास सहित साविकका ४÷५ वडामा खानेपानीको समस्या रहेको गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिएका छन् । करिब ५ वटा वडामा ६० प्रतिशत नागरिक खानेपानीको सहज पहुँचबाट बञ्चित नै भएको र ती ठाउँलाई केन्द्रित गरी करिब १५० घरधुरीलाई पुग्ने गरि डिप बोरिङ स्थापना गरेको र अबको केहि दिनमा घर–घरमा धारा जोडिने पनि अध्यक्ष सिद्धिकिले बताएका छन् । खानेपानीको सहज पहुँचका लागि आफुहरु गम्भिर रहेको बताउँदै उनले अहिले पनि कोइलाबास र आसापासको ठाउँलाई पुग्ने गरी डिप बोरिङ संचालनमा आउन लागेको सिद्धिकिो भनाई छ । घरघरमै धारा संचालनमा आएपछि कोइलाबास नाकावासीलाई खाने पानिका लागि सास्ती हुने छैन । यसरी जनप्रतिनिधिले जनताको लागि गरेको काम निकै सह्रायीन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्