म मात्रै ठूलो हुँ, अरु सबै फुच्चे हुन् भन्ने चिन्तनका कारण पार्टीमा यो समस्या आएको होः चौधरी (अन्तरवार्ता सहित)



सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर १ का सांसद मेटमणी चौधरीले लेनिनवादी संठनात्मक सिद्धान्तको आधारमा पार्टी सञ्चालन नभएका कारण पार्टीमा समस्या आएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै उनले पार्टीमा म मात्रै ठूलो हुँ, अरु सबै फुच्चे हुन्, म जे भन्छु अरुले त्यो मान्नु पर्छ भन्ने व्यक्तिवादी चिन्तनले हालको समस्या आएको बताए ।

मलाई सबैले मानुन्, मलाई सबैले  पूजा गरुन्, मेरो आलोचना कसैले नगरुन् भन्ने चिन्तन र कार्यशैली नै हालको समस्याको जड भएको पनि उनको ठहर रहेको छ ।

थाहा टिभीमा पत्रकार शरद रिजालसितको अन्तरवार्तामा बोल्दै नेता चौधरीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि पार्टी बैठक बोलाउने र निर्णय गरेर अगाडी बढ्ने अधिकार हुँदाहुँदैपनि आफ्नो गल्तीका कारणले पार्टी दुर्घटनामा नपरोस् भन्ने ठानेर ओलीलाई बैठक बोलाउन पटक पटक आग्रह गरेको दावी गरे ।

उनले केपीलाई सच्चिनका लागि मौका दिइएको पनि बताए । उनले पूर्वएमालेको जबज र पूर्वमाओवादीको एक्काइसौं शताप्दीको जनवाद मिसाइएको अवस्थामा रहेकोले जबजको मात्रै कुरा गर्नु न्यायसंगत नहुने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्