प्रधानमन्त्री लाई मागपत्र



टेकबहादुर पुन
दाङ । किसानका तत्कालिन र दिर्घकालिन समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै अखिल नेपाल किसान महासंघ (ALFA) दाङले प्रधानमन्त्रि केपि शर्मा अोलीलाई मागपत्र बुझाएको छ ।

राष्ट्रिय जनमोर्चा निकट किसान महासँघ दाङले दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मार्फत बिहीबार प्रधानमन्त्री लाई माग पत्र बुझाएको हो ।

बाली लगाउनु भन्दा पहिले किसानलाई मल र बिउको आपुर्ती तुरुन्त ब्यबस्था गर्नुपर्ने, सिँचाई र बिद्युतको लागि अनुदानको ब्यबस्था, धानको समर्थन मूल्य लागू गर्नुपर्ने किसान महासँघको माग छ । त्यस्तै भ्रष्टचार बन्द गर्दै महँगीलाई नियन्त्रण गर्नुपर्ने, कोभिडको उपचार सरकार स्वयमले गर्नुपर्ने, कोभिडका कारण समस्या झेलिरहेका किसानलाई राहत र पुन स्थापनाको ब्यबस्था गर्नुपर्ने, उत्पादित कृषि उपजलाई सरकारले स्वयम् खरिद गर्नुपर्ने, साना किसानको ऋण मिनाह गर्नुपर्ने लगायतका ११ बुँदे महत्वपुर्ण माग सहित माग पत्र बुझाएको छ ।

किसान महासंघले मागपत्र बुझाउने कार्यक्रम बिहीबार देशैभरी आयोजना गरेको थियो । सोही कार्यक्रम अन्तरगत दाङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाईएको हो ।

किसान महासँघ दाङका अध्यक्ष मिनु सुबेदीले माग पत्र बाचन गरि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लाई बुझाएकि हुन् । जिल्ला प्रशासन कार्यालय बाहिर बिरोध कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य र किसान महासंघ का जिल्ला अध्यक्ष मिनु सुबेदिले बोलेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिब चन्द्र बहादुर के सि ले गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्