विप्लव नेकपाले तनहुँमा राहत वितरण गर्यो



दमौली । विद्रोही नेकपाले तनहुँको घिरिङ गाउँपालिका वडा न. ५ च्याचुलमा सामाजिक दुरी कायम गर्दै १३ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सरकारी प्रतिबन्धको बाबजुद पनि घिरिङका सेक्रेटरी हिमाल खड्काको अध्यक्षता र पार्टी जिल्ला सेक्रेटरी आन्नदको प्रमुख अतिथ्यतामा रमहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।

राहतस्वरुप प्रतिघर परिवार १ पोका चामल, दाल, नुन र तेल गरि २५,००० बराबरको सामग्री वितरण गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी आन्नदले कोभिड–१९ को त्रास अझैपनि कायमै रहेकोले सबैलाई स्वास्थ्यको ख्याल गर्दै आफ्नो दैनिकीलाई सहज बनाउन आग्रह गरे ।

साथै उनले कोरोना भाइरसलाई समुदायमा थप फैलिन नदिन सचेत हुन अनुरोध पनि गरे । मनत्व्यमा उनले केन्द्र र स्थानीय सरकारलाई समस्यामा रहेका टोल, समुदाय र परिवारलाई निशुल्क पिसिआर जाँच गर्ने, संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्ने र पीडितहरुलाई राहत र स्वास्थ्य सामाग्री वितरण गर्न जोड्दार माग गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्