दाहाललाई ओलीको प्रश्नः १५ दिनमा सक्ने भनिएको एकता कहाँ पुग्यो ?



काठमाडौं । सत्तारुढ नेकपामा चर्केको विवाद हल गर्ने उद्धेश्यले आज बसेको सचिवालय बैठकमा पनि दूई अध्यक्षबीच घोचपेच भएको छ । अध्यक्ष केपी ओलीले आफूमाथि प्रश्न गर्ने अध्यक्ष प्रचण्ड लगायतका नेतालाई आफ्नो जिम्मेवारी कति पूरा गर्नुभयो ? भनेर प्रश्न गरेका छन् ।

ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने जिम्मा पाएका अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्र्दभमा के गर्नुभयो ? भन्दै ‘१५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ?’भनि प्रश्न गरेका छन् ।

‘आफ्नो मान र अभिमान, नियुक्ति र भर्तीका विषयमा बहस गर्ने, आक्रोश पोख्ने र चित्त दुखाउने भन्दा अरु कुनै विषयमा छलफल गर्न रुची राखेका छौँ र ?’ ओलीले प्रचण्डलाई लेखेको पत्रमा भनिएको छ ।

आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो छाडेर हरबखत नेतृत्व परिर्वतनको चलखेल किन गरेको भनेर अर्को प्रश्न गरेका छन् ।

‘महाधिवेशन प्रतिनिधिबाट चुनिने र आगामी चुनावसम्म नेकपाको भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास टुटिसकेको त होइन ? होइन भने किन सधैँभरि सरकार परिर्वतनको दौडधूप ?,’ ओलीको प्रश्न छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्