नेकपा एमाले र माओवादी केन्द्र निर्वाचन आयोग जादै किन जादैछन त



 

सैघाली खबर,
काठमाडौं १७ पुस, । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् ।

 

प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भेट हुन लागेको हो ।

पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परीणाम सार्वजनिक गर्न आग्रह गरिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताएको छ । तर, एमाले नेताहरुले भने आयोगमाथि शंका गर्न लागेको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्