दाङको देउखुरीमा दुई मोटरसाइकल ठोक्किदा २ जना घाइते



ओमप्रकाश गुप्ता, भालुवाङ ३ मंसिर । दाङको देउखुरीमा दुई मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन् ।

पुर्व–पश्चिम राजमार्ग अन्र्तगत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा बुधवार दिउँसो पौने १ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गइरहेको प्रदेश नम्बर ३–०२–०१२८२३७ को मोटरसाइकलले सोही दिशा तर्फ गइरहेको रा २ प ५८६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा रा २ प ५८६५ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी ५५ वर्षका जितबहादुर मल्ल र आर्का मोटरसाइकल चालक काठमाण्डौ ललितपुर महानगरपालिकाका बस्ने ३५ वर्षिया महेन्द्र अधिकार गम्भीर घाइते भएका छन् ।

घाइते मल्लको हात, ढाड र खुट्टामा गहिरो चोट लागेको छ भने अधिकारीको खुट्टामा गहिरो चोट रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइते दुवैलाई भालुवाङमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्