चोरीका अभियुक्त नेपाली प्रकाउ



सैघाली खबर,
दाङ, १८ पुस । दाङमा चोरी अभियोगमा फरार रहेका गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । । दाङ देउखुरी अदालतले चोरीको अभियोगमा दण्ड सजाय सुनाइएका घोराही—८ प्रगतिनगरका ३६ बर्षीय गोपालले नेपाली पक्राउ परेको जनाएको छ।

चोरी मुद्धामा २०७२ असोज १३ गते अदालतले ढेड महिना कैद र ५१ हजार सात सय ५० रुपैया जरिवाना तोकीएका नेपालीलाई प्रहरीको विशेष टोलीले घोराही—१४ नयाँ बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका नेपालीलाई आवश्यक कारबाही सजाय तथा जरिवाना असुलीका लागि दाङ देउखुरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्