तुलसीपुरका एक युबक १४ दिनदेखि बेपत्ता ,तनाबग्रस्त परिवार



मंसिर९,दाङ।माधब खत्री कात्तिक २६ गते साझ ४ बजे तुलसीपुर-१७ बनकट्टा स्थित आफ्नै घरबाट निक्लिएका उनी हालसम्म सम्पर्कबिहीन हुदा परिवार तनाबग्रस्त बनेको छ। घरबाट बिना जानकारी निक्लिएका उनि हालसम्म सम्म सम्पर्कमा नआउदा परिवार तनाब रहेको यादब खत्रीका बुवा द्रोण बहादुर खत्रीले बताए उनले भने- “सबैतिर खोजबिन गरियो कतै पत्ता लाग्न सकेको छैन । आफन्ती देखि प्रहरीमा समेत जानकारी दिदा अझै सम्म पत्ता लाग्न सकेको छैन। “माधब खत्री कुनै जानकारी बिना निक्लिएका र गएको ठाउको बारेमा पनि जानकारी नहुदा परिवारमा अन्यौल छाएको छ। “कहा कहा खोज्नु जताततै खोजियो भेट्न सकिएन द्रोण बहादुरले भने “कहिकतै कसैले भेटेमा सम्पर्क गरिदिन उनले सम्पूर्णलाइ आग्रह गरेका छन्। साधारण कपडा र चप्पल लगाएको बर्ष२४को अपरिचित जस्तो लागेमा 9809858298 ,९८२२५९३७९८ मा सम्पर्क गरिदिन सबैलाइ आग्रह गर्दछु। “द्रोण बहादुर भाबविभोर हुदै सबै माझ अनुनय बिनय गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्