दाङको देउखुरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भीर घाइते



ओमप्रकाश गुप्ता, सिसहनियाँ ९ मंसिर । दाङको देउखुरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् ।

पुर्व–पश्चिम राजमार्ग अन्र्तगत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजार सिसहनियाँमा मंगलवार बेलुका ७ ः ३० बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ६ ख ५४८९ नम्बरको कन्टेनर ट्रकमा विपरीत दिशाबाट आइरहेको लु १२ प ५३६५ नम्बरको मोटरसाइकल ट्रकको पछाडीको टायरमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा नम्बर ४ धुवाङ निवासी २६ वर्षिया विनोद भण्डारी र मोटरसाइकल पछाडी बसेका सोही ठाउँ निवासी ६० वर्षिया यामे भण्डारी गम्भीर घाइते भएका छन् ।

घाइते मध्ये विनोदको अनुहारमा चोट लागेको छ भने खुट्टा फ्याक्चर भएको छ । त्यस्तै यामेको दायाँ खुट्टामा र छातीमा गहिरो चोट लागेको प्रहरीले बताएको छ ।
घाइते दुवैलाई विष्ट स्वास्थ्य पोलिक्लिनीक सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । भने ट्रक र चालक प्रहरी चौकी सिसहनियाँको नियन्त्रणमा रहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्