बंगलादेशबाट मल ल्याउने तयारी भाँडियो



काठमाडौं । कृषि विकास मन्त्रालयको तयारी विपरित मन्त्रिपरिषदबाट निर्णय भएपछि बंगलादेशबाट मल नेपाल ल्याउने प्रक्रिया अन्तिममा आएर बिथोलिएको छ । अब मन्त्रालयले अगाडि बढाएको सबै प्रक्रिया रोकेर नयाँ थाल्नुपर्ने भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर त्यसमा मन्त्रालय सहमत रहेको भन्दै एक अधिकारीले भने, ‘हालकै अवस्थामा बंगलादेशबाट मल ल्याउने अवस्था टर्यो ।’

मन्त्रालयले लामो समय छलफल र गृहकार्य गरेर तयार पारेको एमओयू स्वीकृत गर्दै खरिदको अख्तियारी दिनुपर्नेमा मन्त्रिपरिषदले जीटूजी वा प्रतिस्पर्धा भनेर यसअघिको मेहनत सून्य बनाइदिएको मन्त्रालयको आरोप छ ।

२४ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई जीटूजी प्रतिस्पर्धामार्फत मल ल्याउन दिने निर्देशन दिएको थियो ।

जबकी कात्तिक दोस्रो साता मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावमा भने मल किन्ने समझदारीको स्वीकृती र अख्तियारी पारित गर्नु पर्ने उल्लेख थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्