प्रहरी नायव निरिक्षक वैदिकको कोरोना संक्रमणका कारण मृत्यु



ओमप्रकाश गुप्ता, भालुवाङ ११ मंसिर । दाङका एक जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट निवासी जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायव निरिक्षक ( सई) यज्ञमणी वैदिकको ४४ वर्षको उमेरमा आज विहान भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको मृतकका दाजु खेमहरि वैदिकले जानकारी दिएका छन् ।

कोरोनाको आशंकामा गत मंसिर ३ गते नर्सिङ होम नेपालगन्जमा पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियोे । त्यसपछि उनलाई उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएका वैदिकलाई निमुनिया र टाइफाइडको समस्या रहेको थियो । रोगको प्रकृती अनुसार उपचार विधि अपनाउँदै आएपनि वैदिकको उपचारकै क्रममा मृत्यु भएको उनका दाजु खेमहरि वैदिकले बताएका छन्। यससँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्