गढवाको रङसिङमा १२ लाख बढीको लगानीमा चर्च भवनको निमार्ण



रितु राना, भालुवाङ ११ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका १ रङसिङमा चर्च भवनको निमार्ण कार्य हालै सम्पन्न भएको छ । गढवा गाउँपालिकाको १ लाख ६८ हजार, मण्डली सदस्यहरुबाट ५० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १० लाख गरी कुल १२ लाख १८ हजारको लगानीमा धार्मिक सामुदायिक चर्च भवन निमार्ण कार्य सम्पन्न भएको चर्चका अध्यक्ष चन्द्रा कुमालले जानकारी दिएकी छिन् ।

यसै बिच उक्त चर्चको बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । धार्मिक सामुदायिक चर्चका अध्यक्ष चन्द्रा कुमालको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा चर्च भवनको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सवै धर्मको उद्देश्य एउटै भएकाले समान व्यवहार हुनुपर्ने बताएका थिए ।

पास्टर प्रकाश जवराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक अशोक यादव, दाङ इशाई सामुदायिक अध्यक्ष शान्त घर्ती, उपाध्यक्ष मनोज बस्नेत, सामुदायिक स्रोत व्यवस्थापन केन्द्रका अध्यक्ष मिना गुरुङ, पास्टर मिलन रोका र समाजसेवी कृष्ण गिरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन मण्डली अगुवा तथा प्रचारक सन्तोषबाबु पुन मगरले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्